आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा कृष्णदास गिरीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीले अनुमति दिएको छ।
विराटनगरस्थित विराट नर्सिङ होममा उपचाररत कृष्णदासलाई बिहान ४ बजे एम्बुलेन्स लिएर अस्पताल पुगेको प्रहरी टोलीले नियन्त्रणमा लिई ह्विल चियरमा अदालत लगेको थियाे ।
म्याद थप गरेपछि पुनः उनलाई विराट नर्सिङ अस्पताल नै लगिएको छ । गिरीविरुद्ध बलात्कार प्रयासको उजुरी शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा दर्ता भएको थियो ।
गिरीलाई ‘माइनर हार्ट अट्याक’ भएपछि आइसियूमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ ।
गत कार्तिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ । तर सिद्धबाबा भने आफूलाई षडयन्त्रमा पारिएको दाबी गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६