ललितपुर । लिटल एन्जल्स कलेज ललितपुरको खेल मैदानमा जारी १३औं एलए कपको सेमिफाइनल समीकरण पूरा भएको छ ।
आज भएको पहिलो सेमिफाइनलमा एलए कलेजले केयु टिम ए लाई ५–२ गोलले पराजित गरेको छ । एलएका खेलाडी प्रशान्त अवस्थी २, बिपुल राई, राहुल खड्का र प्रफुल बस्नेतले १/१ गोल गरेका थिए ।
केयु ए टिमका लागि एलेन खत्री र विशाल बिस्टले १/१ गाेल फर्काएका थिए । उक्त म्याचको टोफिचो म्यान अफ द म्याच राहुल खड्का घोषित भए ।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा केयु टिम बीले एपेक्स कलेजलाई पराजित गरेको छ । केयुले ३–० गोल अन्तरले पराजित गरेको हो । ऐपेक्सका अभिषेक चुदाले आत्मघाती गोल गरेका थिए भने केयुका अमित तिमलसिनाले २ गोल गरे । म्याचको टोफिचो म्यान अफ द म्याच अमित तिमल्सिना घोषित भए ।
एलए कलेज र केयु टिम बी बीचको फाइनल खेल मंगलबार बिहान साढे १० बजे हुने आयोजकले जनाएको छ । गत सोमबारदेखि जारी प्रतियोगितामा काठमाडौं भ्याल्ली र भ्याल्लीबाहिरका गरी ३२ टिमको सहभागिता थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६