काठमाडौं : उपनिर्वाचनमा सबैभन्दा बढी चर्चामा रहेका क्षेत्र कास्की क्षेत्र नम्बर २ र धरान उपमहानगरपालिकामा नेकपाले अग्रता लिइरहेको छ ।
पछिल्लो अपडेटअनुसार धरानमा निकै प्रतिस्पर्धात्मक छ भने कास्कीमा कांग्रेसका उम्मेदर खेमराज पौडेलभन्दा झण्डै दोब्बर मतले अग्रता नेकपाकी विद्या भट्टराईले लिइरहेकी छन् ।
पछिल्लो मत परिणम अनुसार धरान उपमहानगरपालिकामा नेकपाका प्रकाश राईले ४ हजार ५ सय ७४ मत ल्याउदा कांग्रेसका तिलक राईको ४ हार ५ सय १७ मत छ ।उनीहरूबीच ५७ मतान्तर देखिन्छ ।
त्यस्तै कास्की क्षेत्र नम्बर २ को पछिल्लो अपडेट अनुसार नेकपाकी उम्मेदवार भट्टराईले १५ हजार ५ सय ४१ मत प्राप्त गरेकोकी छिन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ७ हजार १ सय ९६ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६