काठमाडाैं । १३औंँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा भारत फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ३-१ को सेटमा पराजित गर्दै भारतले फाइनल यात्रा तय गरेकाे हाे ।
फाइनल पुग्ने क्रममा भारतले श्रीलंकालाई २७–२५,२५–१९,२१–२५ र २५–२१ ले पराजित गर्यो ।
अब भारतले स्वर्णका लागि पाकिस्तान र बंगलादेशबीचको विजेतासँग खेल्ने छ । पाकिस्तान र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेल केहीबेरमा सुरु हुँदै छ ।
नेपाल भने पुरुष भलिबलमा समूह चरणबाटै बाहिरिइसकेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६