काठमाडौं । सुनसरीकाे लाैकीमा गएराति एम्बुलेन्स र ट्रक आपसमा ठक्कर खाँदा ७ जनाको मृत्यु भएको छ ।
विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगन्जबाट विराटनगर जाँदै गरेको ट्रकसँग एकआपसमा ठोक्किँदा एम्बुलेन्समा रहेका सातै जनाको मृत्यु भएको हो ।
ट्रकसँग ठक्कर खाएको एम्बुलेन्स सडकमै उल्टोगरी पल्टिएको प्रहरीले जानकारी दिएको छ । मृतकहरूलाई एम्बुलेन्सबाट निकाल्नै ४ घण्टा लागेको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा उदयपुरका राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई छन् । मृतक सबैको शव सुनसरी सदरमुकामस्थित इनवरुवा अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरु सबै एउटै परिवारका हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६