ललितपुरः ललितपुरको लिटल एन्जल्स कलेजको खेल मैदानमा जारी अन्तर कलेजस्तरीय तेह्रौं एले कप फुटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनल खेलका चार खेल आज सम्पन्न भएको छ ।
प्रि–क्वाटरफाइनलको पाँचौ तथा आजको पहिलो खेलमा ऐलए टिम बीले र ब्रिटिस कलेजबीचको खेल १–१ गोल बराबरीमा सकियो । त्यसपछि भएको सडेन डेथको सिकार एले टिम ए हुँदै बाहिरियो भने ब्रिटिस कलेज क्वाटरफाइनलमा प्रवेश गरेको छ । सडेन डेथमा ब्रिटिस कलेजले एले टिम एलाई ६–५ ले हराएको हो । म्याचको टोफीचो म्यान अफ द म्याच प्रज्वल कार्की घोषित भए ।
आज भएको कुसुम र एपेक्सबीचको दोस्रो खेलपनि १–१ गोलको बराबरीमा सकिएको थियो । यस खेल निकै रामोञ्चक हुँदै सडेन डेथमा एपेक्सले कुसुमलाई ९–८ गोलन्तरले पराजित गर्दै एपेक्सले क्वाटरफाइनलमा प्रवेश गरेको छ । उक्त म्याचको टोफीचो म्यान अफ द म्याच उजेन खड्का भए ।
खेलको तेस्रो प्रतियोगितामा केयु बी टिमले एसीयचएलाई ६–१ गोलले पराजित गरेको छ । म्याचको टोफीचो म्यान अफ द म्याच अमित तिमल्सिना घोषित भए ।
आज भएका नेसफिल्ड र केयु ए टिमबीचको खेल गोलरति बराबरीमा रोकिएपछि भएको पेनाल्टी शूट आउटमा केयु ए टिमले नेसफिल्डलाई ४–३ गोलअन्तरले पराजित गर्दै केयुले क्वाटरफाइनलमा स्थान बनाएको छ । म्याको टोफिचो म्यान अफ द म्याच एलेन खरेल घोषित भए ।
आज प्रि–क्वटरफाइनल खेल सम्पन्न भएको छ भने भोलीदेखि क्वाटरफाइनल खेल हुँने आयोजकले जनाएको छ । अन्तर कलेजस्तरीय जारी फटबल प्रतियोगितामा स्नातक तहका विद्यार्थीको मात्र सहभागीता रहेको छ । उक्त प्रतियोगितामा उपत्यकाभित्र र बाहिरका गरी ३२ टिमको सहभागीता रहेको लिटल एन्जल्सका फुटबल प्रशिक्षक राजेन्द्र कार्कीले बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६