सुनसरी । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउ गरेकाे छ । सुनसरी प्रहरीले सिद्ध बाबालाई सुनसरीको चतरास्थित उनकै आश्रमबाट नियन्त्रणमा लिएको हाे ।
सुनसरी प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार गिरीलाई केही समयपछि सार्वजनिक गर्ने तयारी गरिएको छ ।
एक महिलालाई बलात्कार गरेको जाहेरीका आधारमा सिद्धबाबालाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो । गिरीमाथि एक जना अनुयायीले आश्रममा भेट्न बोलाएर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
महिलाले बलात्कार भएको उजुरी दिए पनि प्रहरीले सुरुमा उजुरी लिन मानेको थिएन । शुक्रबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय सुनसरीले बलत्कार प्रयासको उजुरी दर्ता गरेको हो ।
महाराजको नागरिकताको प्रमाणपत्रसमेत झुठो र दोहोरो भएको आरोप लाग्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६