काठमाडौं । बलात्कार अभियोगमा सिद्धबाबा भनिने कृष्णदास गिरीलाई पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदातल सुनसरीले शुक्रबार गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
एक महिलालाई बलात्कार गरेको जाहेरीका आधारमा सिद्धबाबालाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले गिरीलाई पक्राउ गर्ने तयारी भइरहेको जनाएको छ ।
गिरीमाथि एक जना अनुयायीले आश्रममा भेट्न बोलाएर बलात्कार गरेको आरोप लगाएकी थिइन् । महिलाले बलात्कार भएको उजुरी दिए पनि प्रहरीले सुरुमा उजुरी लिन मानेको थिएन । शुक्रबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय सुनसरीले बलत्कार प्रयासको उजुरी दर्ता गरेको हो ।
महाराजको नागरिकताको प्रमाणपत्रसमेत झुठो र दोहोरो भएको आरोप लाग्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६