काठमाडौं । १३औँ साग प्रतियोगितामाअन्तर्गत नेपाली महिला भलिबल टोली सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार समूह ‘ए’को अन्तिम खेलमा भारतले बंगलादेशलाई हराएपछि नेपालले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
त्रिपुरेश्वरस्थित कवर्ड हलमा सम्पन्न खेलको पहिलो सेटमा २५–१८ को जित निकालेको भारतले दोस्रो सेटमा २५–११ को जित निकाल्न सफल भएको थियो । अन्तिम सेटमा भारतले २५–९ को जित निकालेको थियो ।
भारत समूह विजेता बनेको छ । अब भारतले समूह ‘बी’को उप विजेतासँग प्रतिस्पर्धा गर्ने छ । नेपालले भने समूह ‘बी’को विजेतासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६