काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित २ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले हङकङबाट काठमाडौं आउँदै गरेका चेन होङयाङ र सेचपेन झेयाङलाई बिहीबार राति पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलश थापा क्षेत्रीले नियमित जाँचका क्रममा सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ । पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६