हुम्ला । हुम्लामा हिउँ परेसँगै चिसाे बढेकाे छ। बिहीबार साँझदेखि हिमपात भइरहेकाे स्थानीयले बताएका छन् ।
जिल्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो। चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छन् ।
हिमपातपछि बालीनाली सप्रिने भन्दै किसानमा भने खुसियाली छाएकाे छ । सिमकोटमा चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समस्या भएको सेवाग्राहीहरू बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६