काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शिक्षण अस्पताल पुगेका छन् ।
शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पुगेका देउवाले परिवारका सदस्य तथा चिकित्सकहरुसँग ओलीको अवस्थाबारे जानकारी लिए । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आइरहेको जानकारी पाएपछि देउवा अस्पतालबाट फर्केका छन् ।
बुधवार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्री हृदयेश त्रिपाठी, नेकपा महासचिव विष्णु पौडेल र उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे अस्पताल पुगे पनि कसैले पनि ओलीलाई भेट्न पाएनन् । सबैले डाक्टरहरूसँग अवस्थाबारे जानकारी लिएर फर्किएका थिए ।
प्रधानमन्त्री ओली केही दिन चिकित्सकको निगरानीमा अस्पतालमा नै रहने छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६