काठमाडौं : युवा रोजगारी र विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकले १६ अर्ब ३७ करोड १३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
अर्थ मन्त्रालयका अनुसार युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न १३ अर्ब ६३ करोड सहयोग गर्ने भएकाे छ । साथै विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि २ अर्ब ७४ करोड १३ लाख उपलब्ध गराउन विश्व बैंक सहमत भएको हो ।
सहयोग सम्बन्धी सम्झौतापत्रमा बुधबार अर्थ सचिव राजन खनाल र विश्व बैकका कन्ट्री निर्देशक फारिस हडाड जेर्भोसले हस्ताक्षर गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६