ललितपुरः लिटल एन्जल्स कलेजको आयोजनामा जारी तेह्रौं एल ए कपको दोस्रोदिन समूह चरणका चार खेल सम्पन्न भएको छ ।
जारी दोस्रोदिनको पहिलो खेलमा नामी कलेजले कुसुवा कलेजलाई १–० गोल अन्तरले पराजित गर्दै प्रीक्वाटर फाइनलमा प्रवेश गरेको छ । नामीका तेन्जिङ धोन्दुप शेर्पाले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । खेलको टोफीचो म्यान अफ द म्याच छिरिङ टाशी शेर्पा घोषित भए ।
ट्रिनिटी र एनसीएमटीबीच भएको दोस्रो खेल २–२ को बराबरीमा सकिएको थियो । बराबरी भएपछि पेनाल्टी सुटआउटमा ट्रिनिटीले ३–१ ले जित दर्ता गरेको छ । उक्त खेलको टोफीचो म्यान अफ द म्याच रमण श्रेष्ठ घोषित भए ।
जारी तेस्रो प्रतियोगितामा ऐनसीयमले जित दर्ता गरेको छ । ऐनसीयम र प्रेसिडेन्सियलबीच भएको प्रतियोगितामा ऐनसीयमले ३–० गोलअन्तरले जित दर्ता गरेको हो । ऐनसीयमका लागि आशिष खत्री, एलिस साउत र सुशान्त महर्जनले एक/एक गोल गरेका थिए । उक्त म्याचको टोफीचो म्यान अफ द म्याच आशिष खत्री घोषित भए ।
आजको लागि भएको समूह चरणको अन्तिम खेलमा न्यथममाथि एसीएचएसले जित दर्ता गरेको छ । जारी प्रतियोगितामा एसीएचएसका विशाल खड्काले गरेको गोल नै निर्णायक बन्यो भने उक्त म्याचको टोफीचो म्यान अफ द म्याच मनोज काफ्ले घोषित भए ।
अन्तर कलेजस्तरीय जारी फुटबल प्रतियोगितामा स्नातक तहका विद्यार्थीले मात्र सहभागीता जनाउन पाउनेछन् । उक्त प्रतियोगितामा उपत्यकाभित्र र बाहिरका गरी ३२ टिमको सहभागीता रहेको लिटल एन्जल्सका फुटबल प्रशिक्षक राजेन्द्र कार्कीले बताए ।
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६