काठमाडौं । काठमाडौंस्थित त्रिचन्द्र क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेमाथि विद्यार्थीको एक समूहले कुटपिट गरेको छ ।
शुल्कवृद्धि भएको विषयमा केही दिनदेखि विद्यार्थीहरू आन्दोलित थिए। आज बिहान क्याम्पस प्रवेश गर्ने क्रममा क्याम्पस प्रमुखमाथि कुटपिट भएको हो ।
न्यौपानेको अनुहार र ढाडमा चोट लागेको र उनलाई उद्धार गरेर उपचारका लागि वीर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले २ जना विद्यार्थीलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार अनेरास्ववियू मनराज थापा र गोविन्द थपलिया पक्राउ परेका हुन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६