काठमाडाैं । प्रहरीले डेढ लाखभन्दा बढी साउदी रियालसहित १ भारतीय नागरिकलाई आइतबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।
त्रिभुवन विमानस्थल सुरक्षामा खटिएको प्रहरीले आइतबार पि ९२२६३३३ नम्बरको राहदानी भएका ४८ वर्षीय अश्फिक मिर्जालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। मिर्जा फ्लाइ दुवईको उडान नम्बर ५७६ मार्फत काठमाडौंबाट दुबई जान लाग्दा पक्राउ परेका हुन्।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा झोलाभित्र फल्स बटम बानाई राखेको ५ सय दरका ३ सय १८ थान साउदी रियाल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ भारतीय नागरिकलाई अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६