काठमाडौं । जुम्ला चन्दननाथ नगरपालिका-६ को एक घरमा भीषण आगलागी भएको छ।
आइतबार दिउँसो ११ बजे गोविन्द भण्डारीको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । घरको माथिल्लो भागबाट सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरभित्र रहेका १०-१२ वटा सिलिन्डर पड्किएपछि थप आगो बढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक विमलकुमार राउतले जानकारी दिए ।
प्रहरीका अनुसार दमकल, सशस्त्र प्रहरी, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ।
गोविन्दले अधिकांश घरका कोठा भाडामा दिएका थिए भने केही कोठामात्रै आफ्नो लागि प्रयोग गर्थे। मानवीय क्षति नभएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६