काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा गाडीले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।
बिहान साढे ६ बजेतिर संसद भवनको दक्षिण गेट अगाडि गाडीको ठक्करबाट मर्निङ वाकमा निस्केका एक पुरुषको मृत्यु भएको बानेश्वर प्रहरी वृत्तका डीएसपी दुर्गाराज रेग्मीले बताएका छन् ।
मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको बानेश्वर प्रहरीले जनाएको छ । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको छ ।
घटनालगत्तै गाडी भागेकाले उक्त गाडीको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६