काठमाडौं । काठमाडौं उपत्यकामा बेलुका ८ बजेपछि मात्र टिपर चलाउन पाइने भएको छ । काठमाडौं उपत्यका प्रवेश गर्न टिपरलाई बेलुका ८ बजेअघि पूर्ण रुपमा निषेध गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले टिपरलाई सडकमा पानी चुहाएर बालुवा ढुवानी गर्न र सडकमा पार्किङ गरी अन्य सवारी आवागमनमा अवरोध ल्याए कानुनअनुसार कारबाही हुने पनि उल्लेख गरेको छ ।
लोड गरिएका टिपर अरु सवारीलाई बाधा पर्ने गरी सडकमा पार्किङ गर्न नपाउने र बालुवा ढुवानी गर्ने टिपर पानी नचुहिने भएपछि मात्र सडकमा चलाउन पाइने सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ६, २०७६