काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गरेकै दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज ७.७४ विन्दुले घटेर १ हजार १ सय २०.६० विन्दुमा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १.७८ विन्दुले घटेर २ सय ४६.८९ विन्दुमा पुगेको छ । नेप्से ओरोलो लागे पनि कारोबार रकम भने औसतमा सीमित भएको छ । कुल १ सय ६७ कम्पनीको १० लाख ५० हजार ४ सय १२ कित्ता सेयर २९ करोड ७७ लाख ९७ हजार ७१ रुपैयाँमा खरिदबिक्री भए ।
कारोबार भएका कुल १२ उपसमूहमध्ये आज ३ उपसमूहको सेयर उकालो लाग्दा ९ उपसमूहको सेयर भने ओरालो लागेको छ । व्यापार ३६.१६, अन्य ०.६१ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ । यस्तै बैंकिङ ९.४२, होटल १२.५३, विकास बैंक ७.३४, जलविद्युत् २.४४, वित्त १.०३, निर्जीवन बीमा २५.१६, उत्पादन ३२.४७, लघुवित्त ११.५३ र जीवन बीमा २०.५९ विन्दुले घटेको छ ।
कारोबारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ४ करोड ३० लाख ६७ हजार ६ सय ५४ रुपैयाँबराबरको सेयर कारोबार भई शीर्ष स्थानमा रहे ।
यस्तै नेपाल बैंक लिमिटेड २ करोड ५ लाख ५८ हजार १ सय २७, एनआइसी एसिया बैंक १ करोड २८ लाख ४१ हजार ४ सय ८७, साल्ट ट्रेडिङ कर्पोरेसन १ करोड २० लाख ४२ हजार ९ सय ६७ र लुम्बिनी जनरल इन्स्योरेन्स ८६ लाख ९३ हजार ९ सय २५ बराबरको सेयर कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार कारोबारका आधारमा आज साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्स ९.९०, घोडाघोडी लघुवित्त ९.९०, आँखु खोला लघुवित्त ५.४५, कालिका पावर ५.०६, रिडी हाइड्रोपावर २.८६ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २ प्रतिशतले कमाए ।
त्यस्तै जनउत्थान सामुदायिक लघुवित्त ८.२०, लक्ष्मी लघुवित्त ५.५०, मिथला लघुवित्त वित्तीय संस्था ५.२५, माउन्टेन हाइड्रोका लगानीकर्ताले ३.६५ प्रतिशतले गुमाएका छन् । रासस
प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६