काठमाडौं । सिराहाको लाहानबाट हराएको नेपाल आयाल निगमको डिजेल ढुवानी गर्ने ट्यांकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा फेला परेको छ ।
मंसिर २ गते राति सिरहाको लहानबाट अज्ञात समूहले बेपत्ता गरेको तेल ट्यांकर धनुषाको रमदैयामा रित्तो फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक अमृत दाहालले जनाए ।
निगमको इन्धन डिपो अमलेखगञ्जबाट गत आइतवार अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सोही दिन राति सिरहाबाट बेपत्ता भएको थियो। ट्याङकरलाई अपहरण गरिएको हुनसक्ने अनुमान गरिएको थियो।
ट्यांकर चालक रामदेश यादव र सह–चालक उमेश यादवलाई जिल्ला प्रहरी कार्यालय सिराहाले नियन्त्रणमा लिइसकेको छ । थप अनुसन्धानका लागि ट्यांकर पनि सिराहा पठाइएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६