काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा एक्रिडिसन कार्ड भएका फोटो पत्रकारले सहजरुपमा फोटो खिच्न पाउने नेपाल ओलम्पिक कमिटीले स्पष्ट पारेको छ ।
१५ मंसिरबाट काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुदका सबै खेलहरु प्रत्यक्ष प्रसारणको अधिकार एनके मिडिया भेन्चर प्रालिलाई प्रदान गरेपछि फोटो पत्रकारले फोटो खिच्न नपाउने हो कि भन्ने अन्योल थियो ।
नेपाल ओलम्पिक कमिटीले सोमबार विज्ञप्ति जारी गर्दै एग्रिडेसन कार्ड प्राप्त पत्रकारलाई तोकिएको स्थानबाट फोटो खिच्न पाउने सुविधा प्रदानमा कुनै रोकतोक नहुने बताएको हो । सो विषयमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै खेलकुद पत्रकारले उपयोग गर्न पाउने अन्तर्राष्ट्रिय प्रचलन र मान्यताबाट कसैलाई बञ्चित नगरिएको बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६