काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डका विषयमा समाचार लेखेकाे भन्दै मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
निर्मला पन्तको बलात्कार र हत्याका विषय अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न खोजेको भन्दै अदालतले उनलाई १ घन्टा कैद र १ रुपैयाँ जरिवाना सुनाएको थियो । साेही फैसला कार्यान्वयनका क्रममा भण्डारीलाई पक्राउ गरी कारागार लगिएकाे प्रहरीले जनाएकाे छ ।
विचाराधीन विषयमा अदालतलाई प्रभावित गर्ने गरी समाचार लेखेको भन्दै कञ्चनपुर जिल्ला बारले मुद्दा दायर गरेको थियो । जिल्ला अदालतका न्यायाधीश राजेन्द्र आचार्यको एकल इजलासले यस्तो फैसला गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६