कप्तान इडेन हजार्डको दुई गोल सहयोगमा बेल्जियमले युरोकप आफ्नो अपराजित यात्रालाई कायमै राखेका छन् । शनिबार राति भएको खेलमा बेल्जियमले रसियालाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
थोर्गन हजार्ड र रोमेलु लुकाकुले गोल थपे । सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको १९औं मिनेटमा थोगर्न हजार्डको गोलबाट खेलमा अघि बढेको थियो । उनले हजार्डको पासमा गोल गरेका थिए । ३३औं मिनेटमा हजार्डले गोल गर्दै अग्रता दोब्बर पारे ।
४०औं मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि बेल्जिय पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो । हजार्डले केभिन डि ब्रुयनको पासमा गोल गरे ।
७२औं मिनेटमा रोमेलु लुकाकुले डि ब्रुयनको पासमा गोल गर्दै बेल्जियमले खेलमा ४–० को अग्रता बनायो । ७९औं मिनेटमा जियोर्जी झिकियाले गोल गर्दै गोल अन्तर कम गरेपनि बेल्जियन ४–१ विजयी रहन सफल भयो ।
जितसँगै अपराजित रहेको बेल्जियमको समूह ‘आइ’ मा ९ खेलबाट २७ अंक रहेको छ । पराजित रसिया समान खेलबाटै २१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । दुवै टोली युरोकपमा छनोट भइसकेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६