काठमाडौं । एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई जनही ३ लाख रुपैयाँले पुरस्कृत गरिने भएको छ ।
टोली शुक्रबार बंगलादेशबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले टोलीका सबै सदस्यलाई जनही ३-३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
सिलवालले सरकारसमक्ष राखेपले प्रस्ताव लैजाने बताए । सेन्ट्रल जोन खेलेको उपाधि विजेता टोलीमा १२ खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापकसहित १६ सदस्य थिए ।
नेपालले ५ राष्ट्र्र सम्मिलित प्रतियोगितामा उपाधि जित्ने क्रममा सबै खेलमा एकपक्षीय नतिजा हासिल गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६