काठमाडाैं । बम बिस्फोटमा घाइते भएकाहरुलाई घटना लुकाउन इट्टा भट्टीमा जिँउदै जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद अफताव आलमलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत राैतहटले आदेश दिएको छ।
१० दिनदेखि चलिरहेको आलमको मुद्दामा थुनछेक आदेश सुनाउँदै जिल्ला अदालतले शुक्रबार उनलाई थुनामा पठाएको हो। अदालतमा पेस भएको प्रारम्भिक प्रमाणका आधारमा आलम निर्दोष रहेको ठहर नभएकाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद आलमले आफ्ना सहयोगीमार्फत् मुख्य जाहेरीकर्ता र साक्षी धम्काएको पुष्टि भएपछि अदालतले त्यसलाई गम्भीर रुपमा लिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६