काठमाडौं । रुँदारुँदा आँसु नओभाएका आँखा, बूढो तथा थकित शरीर, प्रेसरको बिरामी, बिल्कुलै नौलो लाग्ने सहर, छोरीको सहारामा मेनपावरको बाहिर बसेर ७५ वर्षीय आमा छोरालाई नेपाल फिर्ता ल्याउने प्रयासमा छिन् । आमाबुबालाई सुख दिन्छु, छोरालाई राम्रो विद्यालयमा पढाउँछु । लागेको ऋण तिर्छु भनेर २०६७ सालमा कतार गएका राजकुमार निउरे कम्पनीले भने जस्तो तलब नदिएपछि ८ महिनापछि नेपाल फर्केर आए । आर्थिक अवस्था एकदमै कमजोर भएकाले उनले नेपालमा बसेर केही गर्छु भनेर आँट गर्न सकेनन् । एकातिर पहिले विदेश जाँदाको ऋण अर्कातपर्फ जेठो छोराको कर्तव्य । अन्ततः उनी फेरि विदेसिन बाध्य भए ।
म्याग्दी जिल्ला दरबाङ गाविस वडा नम्बर ९ स्थायी घर भएका दतिलाल निउरेका छोरा राजकुमार निउरे धेरै आशा, सपना, इच्छा र आकांक्षा पूरा गर्ने अभिलासा बोकेर पुनः विदेश जान भनेर काठमाडौं आए । काठमाडौंको हात्तीगौँडास्थित गल्फ म्यानपावरलाई १ लाख २० हजार रुपैयाँ बुझाएर २०६८ साल जेठ महिनाको २९ गते उनी साउदी अरब उडे ।
हिँड्ने बेला आमालाई अब हामीलाई दुःख हुँदैन, आमालाई सुखसँग राख्छु भन्दै साउदी गएका निउरेलाई दुःखले भने कहिल्यै छाडेन । त्यहाँ गएपछि पनि कम्पनीले भने जस्तो तलब नदिएपछि परिवारको दुःख सम्झेर धेरै पैसा कमाउने अभिलासामा केही साथीहरुको कुरा सुनेर अवैधानिक रुपमा काम गर्न थाले ।
दुःखीलाई भगवानले पनि दुःख मात्र दिन्छन् भनेझैँ अवैधानिक रुपमा काम गर्न थालेपछि उनीमाथि दुःखको पहाड नै खस्यो । एकदिन काम सकेर कोठा फर्किंदै थिए । बाटोमा २ जना साथीको झगडा भइरहेको देखे । छुट्याउन जाऊँ कि नजाऊँ भन्दै दोधारे मन बनाएर उनी हिँडे । अलि पर पुगेपछि आफ्नै नेपाली साथी रहेको पत्तो पाएर उनी छुट्याउन गए । उक्त झगडामा १ जनाको घटनास्थलमै ज्यान गयो भने अर्का १ जनालाई अस्पताल भर्ना गरियो । मोरङको लेटाङ स्थायी घर भएका कमल वस्तीको उपचारका क्रममा २ दिनपछि निधन भयो ।
उनको निधनसँगै राजकुमारलाई बज्रपात आइलाग्यो । ज्यान जोगाएर अस्पतालसम्म पु¥याउने उनीमाथि नै कमललाई मारेको झुटो आरोप लाग्यो । त्यो बिरानो सहरमा म निर्दोष छु भनेर रोइकराई गर्दा पनि सुनिदिने कोही भएन । अन्ततः उनलाई ५ वर्ष जेल सजाय र ३० लाख क्षतिपूर्तिको माग गरेर जेल जलान गरियो ।
उक्त खबर सुनेपछि छोरा विदेशमा कमाउन गएको छ हामीलाई सुखसँग राख्छ भनेर बसेकी आमाको प्रेसर एकाएक हाई भएर पोखराको अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आयो । १५ दिनको उपचारपछि उनी घर त जान्छिन् तर छोराले खायो कि खाएन, बा कुट्यो कि, त्यो बिरानो ठाउँमा भोकभोकै पो मर्ने हो कि भनेर चिन्ताले खाइरह्यो । ५ वर्षदेखि उनकोे अवस्था यही छ ।
ऋण खोजेर छोरालाई साउदी पठाएका राजकुमारको परिवारसँग ‘ब्लड मनी’ बुझाउने जायजेथा र क्षमता छैन । साउदी अदालतले फैसला सुनाएको पनि ५ वर्ष कटिसक्यो । उनले जेल सजाय त भोगे । तर अब नेपालमा रहेको कमलको परिवारलाई ब्लड मनी नबुझाएसम्म उनी नेपाल आउन पाउँदैनन् ।
३ वर्षदेखि दिदी पूनम केसी र भिनाजु तमबहादुर केसी भाइलाई नेपाल ल्याउन सहयोग जुटाउन लागिपरेका छन् । अहिले काठमाडौंमा रहेर छोरालाई नेपाल ल्याउन पहल गरिरहेका आमा हरिमाया निउरे र दिदी पूनमको आँखाबाट आँसुको भेल रोकिएको छैन । आमा हरिमाया छोराको खबरले विक्षिप्त बनेकी छिन् । मानसिक तनावका कारण उनी बारम्बार बिरामी भइरहन्छिन् । छोरा परदेशमा नै मर्ने भयो, नेपाल ल्याउनुप¥यो सबैले सहयोग गरिदिनुहोस् भनेर सहयोगका लागि अपील गरेकी छिन् ।
‘जेलमा नआत्तिईकन बस्, जसरी पनि तेरो उद्धार गर्छु’ भनेर छोरालाई सम्झाए पनि निउरे परिवार आफैँ रुनु न हाँस्नुको अवस्थामा छ । उनका भाइ र परिवार घरमा आउने जोकोहीलाई दाइलार्ई मृत्युको मुखबाट बचाउन ‘ब्लड मनी’ जुटाइदिन अपिल गरिरहेका छन् भने आमा र दिदी काठमाडौंमा भौँतारिरहेका छन् ।
दिदी पूनम भन्छिन्, ‘आमा छोराको प्रसंग आउनासाथ बिलौना गर्न थाल्नुहुन्छ । उहाँको स्वास्थ्य अवस्था हेरेर हामीले दुःख लुकाउने प्रयास गर्छाैं । तर हामीलाई साथ दिने कोही नभएकाले आमालाई नै सहयोग जुटाउन काठमाडौं ल्याएका हौं । तर पनि छोराको पीरले बिरामी पर्नुभएको छ । हामीले सम्झाउनै सकेका छैनौँ ।’
६ महिनाको छोरा बोकेर आपm्नो भाइ बचाउन सहयोग अभियानमा जुटेकी दिदीको दर्दनाक कहानी पनि कम छैन । एकातिर राजकुमारलाई अहिले १७ लाख रुपैयाँ ऋण छ भने अर्कातर्फ व्लड मनीबापत २० लाख रुपैयाँ कमलको परिवारलाई बुझाउनुपर्ने बाध्यता । कमलको परिवारले सुरुमा ३० लाख ब्लड मनी मागेको भए पनि राजकुमार निर्दोष रहेको थाहा पाएपछि २० लाखको माग गरेका छन् ।
सहयोग गर्न चाहनेले ९८६७६४१३१२, ९८४७९४८२५३ (पूनम केसी) ९८४९९९२१७० (योगेन्द्र न्यौपाने) लाई सम्पर्क गर्न सकिने छ । यसैगरी आमा हरिमाया निउरेको नाममा भएको सिद्धार्थ बैंक गोंगबु शाखाको खाता नम्बर ०१६१५५१८५६७ मा रकम जम्मा गरी सहयोग सहयोग गर्न सकिने छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६