काठमाडौं । नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
बिहीबार भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले जित्न सफल भएको हो । नेपालले फाइनल खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो ।
फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेकाे हाे । खेलमा नेपाल अपराजित र १ सेट पनि नगुमाई च्याम्पियन बन्न सफल भएको हो । त्यसअघि लिग चरणमा पनि नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित हात पारेको थियो ।
यसअघि नेपालले प्रतियोगितामा अफगानिस्तान, कीर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई हराएको थियो ।
२०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक नै नेपाली भलिबलको सबैभन्दा ठूलो पदक थियाे । त्यस्तै नेपालले दक्षिण एसियाली खेलकुद प्रथियोगिता (साग) मा ३ कास्य जितेको छ । पुरुष भलिबल टोलीले पनि अहिलेसम्म कास्य पदक मात्रै जित्न सफल भएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६