काठमाडौं । व्यवसायी रुपज्योति कंसाकारविरुद्ध ठगीको उजुरी दिएका विगेन्द्रकृष्ण मल्लले आफूले पैसा पाइसकेकाे भन्दै जाहेरी फिर्ताका लागि सरकारी वकिलकाे कार्यालयमा निवेदन दिएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता चन्द्रकान्त खनालले मल्लले उजुरी फिर्ताको लागि निवेदन दिएको जानकारी दिए । पीडित भनिएका व्यक्तिले नै निवेदन दिएपछि सरकारी वकिलकाे कार्यालयले अनुसन्धान फाइल प्रहरीलाई नै फिर्ता पठाएको छ।
प्रहरीको अनुसन्धानमा ठगी भन्ने प्रष्ट खुल्न नसकेपछि फिर्ता पठाएको सरकारी वकिल कार्यालयले जानकरी दिएको छ।
प्रहरीले अनुसन्धान सकेर वकिलको कार्यालयमा फाइल बुझाएको थियाे । अनुसन्धानका लागि भन्दै प्रहरीले समय मागेपछि जिल्ला अदालत काठमाडौंले अनुसनधानका लागि पहिलो पटक ३ दिन र दोस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६