काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित होटल ल्यान्डमार्कमा २ वर्षअघि भएकाे सामूहिक बलात्कारका अभियुक्तहरुलाई काठमाडौं जिल्ला अदालतले जेल सजाय गर्ने फैसला सुनाएको छ ।
अदालतले सामूहिक बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्कीलाई ५ वर्ष २ महिना कैद सजाय र अन्य अभियुक्त काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौतमलाई जनही १४ महिना कैदको फैसला सुनाएको हाे ।
न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले अभियुक्त शैलेशबाट पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन पनि फैसला गरेको छ ।
नयाँ अपराध संहिता लागू नभएको बेला घटना भएकाले उनीहरुलाई मुलुकी ऐन अनुसार फैसला सुनाइएको हो ।
२०७४ माघ ७ गते आफ्नै प्रेमी कार्कीले युवतीलाई घर पुर्याइदिने भनेर होटलमा लगी सामूहिक बलात्कार गरेका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६