काठमाडौं । झापाको चन्द्रगढीस्थित भद्रपुर विमानस्थल मर्मतसम्भारका लागि १० दिनका लागि बन्द गरिने भएको छ ।
२६ कात्तिकदेखि ५ मंसिरसम्म बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यससँगै अब झापामा हुने उडान अवतरण १० दिन ठप्प हुने छ । यहाँ हुने उडानहरू डाइभर्ट भएर विराटनगरबाट हुने बताइएकाे छ ।
वायुसेवा सञ्चालक संघ (आयोन) ले झापाको भद्रपुरबाट भइरहेका उडान अब विकल्पका रूपमा विराटनगरबाट हुने जानकारी दिएको छ । भद्रपुर नेपालको सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक हो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६