राजविराज । प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी ब्यारेजबाट आइतबार ५ किलो प्रतिवबत लागुऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदहबाट खटिएको टोलीले सो गाँजा बरामद गरेको हो । प्रहरीलाई देखेपछि गाँजा बोकेका व्यक्ति फरार भएको जनाएको छ ।
बरामद गरिएको सो गाँजा स्थानीय प्रहरी कार्यालयमा बुझाएको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६