काठमाडौं । प्रहरी हिरासतमा रहेका भूतपूर्व अर्थ राज्यमन्त्री एवम् व्यापारिक घराना ज्याेति ग्रुपका उपाध्यक्ष रुपज्योति र उनी छोरी सुरुचीलाई काठमाडौं जिल्ला अदालतले थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।
ठगी आरोपमा पक्राउ परेका उनीहरुलाई यसअघि अदालतले ३ दिनको म्याद दिएको थियो । बिहीबार सिंगापुरबाट नेपाल फर्कँदै गर्दा ज्योतिका बाबुछाेरी एयरपोर्टबाट पक्राउ परेका थिए ।
ज्योति सञ्चालक रहेको सिई कन्स्ट्रक्सनले निर्माण गरेको ल्यान्डमार्क हाउजिङका लागि जाहेरीकर्ता विकेन्द्रकृष्ण मल्लले २ करोड २७ लाख रूपैया दिएको र पछि फिर्ता नगरेको अभियोग लगाएका छन् ।
ल्यान्डमार्क कम्पनीमा सेयर होल्डर रहेका रुपज्योति, सौरभ ज्योति, सहृद ज्योति, अभिक ज्योति, पद्म ज्योति, कमला कंशाकार, सुरुची ज्योतिलाई पक्राउ पुर्जी जारी गरिएकाे थियाे । रुप ज्योति र उनकी छोरी सुरुची भने सिंगापुरबाट आउने क्रममा प्रहरीले विमानस्थलबाटै पक्राउ गरेकाे हाे ।
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६