बागलुङ । बागलुङमा भरुवा बन्दुकसहित ४ जना पक्राउ परेका छन् । २३ कात्तिकमा काठेखोला गाउँपालिका-५ बिहुँबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठेखोला गाउँपालिका-५ का तिलक विक, रमेश घर्ती, खगेन्द्र घर्ती र जगत घर्ती रहेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले बताए । चारै जनालाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान सुरू गरेको जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट एकनाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरिएको छ । रासस
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६