मकवानपुर: हेटौंडा उपमहानगर खमारे भन्ने ठाउँमा शिशुको शव फेला परेको छ । हेटौंडा उपमहानगर वडा १६ र १७ को सिमानामा पर्ने हटिया खमारेमा शव भेटिएको हो।
अत्यधिक झिंगा भन्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले खोतलेर हेर्दा शिशु (छोरा) को शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर बहादुर गजमेरले बताए । प्रहरीले अनुसन्धान अघि बढाएको बताएको छ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६