काठमाडाैं । काठमाडौंमा सिस्टम नै ह्याक गरेर एटिएमबाट पैसा निकाल्दा निकाल्दै पक्राउ परेका चिनियाँ ह्याकरलाई थुनामा राख्न पाटन उच्च अदालतले आदेश दिएको छ।
न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले ह्याकरहरूलाई थुनामा राख्न आदेश गरेको हो ।
अदालतको आदेशसँगै ह्याकिङमा संलग्न ५ चिनियाँ र १ फ्रेन्च नागरिक जेल चलान भएका छन् । एटीएम ह्याक गरेर पैसा निकाल्दै गरेका चिनियाँ नागरिकहरु लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिन बिन र फ्रेन्च नागरिक सु लुसिङलाई अदालतले थुनामा पठाएको हो ।
त्यस्तै नेपालीहरु देवनाथ लामिछाने, रेवती दुवाडी र रोशन प्रधानलाई धरौटीमा छोड्न आदेश गरेको छ । लामिछानेसँग ३० लाख, दुवाडी र प्रधानसँग २६/२६ लाख धरौटी माग गर्न इजलासले आदेश गरेको हाे ।
प्रहरीले ८ चिनियाँ नागरिक र ४ नेपालीविरुद्ध एटिएम ह्याक गरी पैसा चोरेको भन्दै बैकिङ कसुरमा मुद्दा चलाएको थियो । मुद्दा चलाइएकामध्ये २ चिनियाँ र १ नेपाली फरार छन् । उनीहरुलाई पक्राउ गर्न उच्च अदालतले वारेन्ट जारी गरेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६