काठमाडौं: अमेरिकन पेस्तोलसहित प्रहरीले कीर्तिपुरको चोभारबाट तीन जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं–१४ का मनोज बस्नेत, देवेन्द्र भण्डारी र कीर्तिपुरका सुमन खड्कालाई अमेरिकन पेस्तोल र सोको पाँच राउण्ड गोलीसहित पक्राउ गरेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बा १७ च ८३६४ नम्बरको महिन्द्रा कम्पनीको गाडीबाट पेस्तोल र गोलीसहित पक्राउ गरिएको जानकारी दिएका छन् ।
पेस्तोल देखाएर लुटपाट गर्ने गरेको आशंकामा प्रहरी टोलीले तिनै जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि अनुसन्धान थालिएको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६