काठमाडौं: कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालयनजिकै निर्माणाधीन टुरिस्ट बसपार्कमा बसपार्कभित्र विष्फोट भएको छ।
उपनिर्वाचनका लागि आज दलहरूले उम्मेद्वार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेद्वार विद्या भट्टराई उम्मेद्वारी दर्ताका लागि कार्यालय पुगेको केही समयपछि बम विस्फोटको आवाज आएको थियो ।
विस्फोटमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विष्फोट भनिए पनि उक्त विष्फोट गनपाउडरका कारण भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विष्फोट भएको प्रारम्भिक जानकारी आएको बताए पनि उक्त विष्फोट बम नभएर गन पाउडरका कारण भएको प्रहरीले बताएको हो । जिप्रका कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले खाल्डो गन पाउडर राखेर विष्फोट गराइएको जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६