काठमाडौं: निर्वाचन आयोगले प्रदेश प्रमुखहरुको बर्खास्ती र नियुक्ति निर्वाचन आचारसंहित विपरीत नहुने स्पष्ट पारेको छ ।
निर्वाचन आयोगमा बुधवार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरुको बर्खास्ती र नियुक्ति गर्न नहुने भनेर निर्वाचन आचारसंहिताको कुनै पनि बुँदामा उल्लेख नभएकाले यसले आचारसंहिता उल्लंघन भन्न नमिल्ने बताए । तर, उनले प्रदेश प्रमुखको बर्खास्ती र नियुक्तिलाई निर्वाचन आयोगले गम्भिरताका साथ हेरेको समेत जानकारी गराएका छन् ।
सरकारले हालै प्रदेश प्रमुखहरुको पदमुक्ति र नियुक्ति निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको थियो । विपक्षी दलले प्रदेश प्रमुखको बर्खास्ती सत्तारुढ दलको संकुचित मानसिकता भएको आरोप लगाएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६