साँखु । नक्कली सुन देखाई ठगी गर्ने दुई जना बेँसीगाउँबाट पक्राउ परेका छन् ।
बिक्री वितरणका लागि नक्कली सुन देखाई हिँडिरहेका सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय बौद्धले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा गौरीशङ्कर गाउँपालिकाका २३ वर्षीय मीनबहादुर तामाङ र सोही ठाँउका २० वर्षीय पेम्बा तामाङ रहेका छन् ।
लामो समय देखि फाइन गोल्ड वान केजी’ लेखिएको सुनजस्तो देखिने पँहेलो धातु बोकेर बिक्री वितरणका लागि ठगी गर्न हिँडिरहेको प्रहरीले जनाएको छ । पक्राउपछि उनीहरुलाई आज म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने बौद्धका प्रहरी निरीक्षक माधव चौधरीले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६