काठमाडौं । चीनमा सन् २०२० को १७ देखि २४ अक्टोबरसम्म हुने १८ जिम्नासियाड २०२० समर स्कुल गेम्सको निरीक्षण भ्रमणका आइएसएफ टिसी कोअर्डिनेटर तथा राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राजकुमार कार्की चीन प्रस्थान गरेका छन् ।
१८ औं जिम्नासियाडमा तेक्वान्दो, जुडो, एथलेटिक्स फुटबललगायत १८ खेल समावेश गरिएको छ । नेपालले पहिलो पटक निरीक्षण भ्रमण गर्ने अवसर पाएको हो । अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस फेडेरेसनको आयोजनामा हुने यस प्रतियोगिताको १७औं संस्करण मारक्कोमा भएको थियो ।
पहिलो पटक १९७४ मा यो प्रतियोगिता भएको थियो । प्रत्येक २ वर्षको अन्तरालमा युवा विद्यार्थी खेलाडीका लागि अन्तर्राष्ट्रिय मल्टिस्पोर्टस इभेन्ट हुने गर्दछ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६