काठमाडौं । बझाङको बुङ्गल नगरपालिका–१ मा निर्माणाधीन कालंगा हाइड्रोपावरको सुरुङमा फसेका ४ जना मजदुर मृत अवस्थामा फेला परेका छन्।
काठमाडौंबाट गएको नेपाली सेनाको उद्दार टोलीले सुरुङमा फसेका ४ जनालाई मृत अवस्थामा फेला पारेको हो । मृत्यु हुनेमा कालंगा हाइड्रोपावरमा काम गर्ने दैलेखका गुरास गाउँपालिका–३ का कर्णबहादुर शाही, सोही ठाउँका महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद–६ का महेन्द्र साउँद र बुझाङको बुङ्गल नगरपालिका–१ का शेरसिंह धामी छन्।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बमका अनुसार ४ जना मजदुरहरु सुरुङको १३ सय मिटर भित्री क्षेत्रमा मृत फेला परेका हुन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६