बनेपा । बनेपाको ठकुरी गाउँमा प्रहरी र स्थानीयबीच झडप भएको छ । फोहोर जलाउने मेसिन राख्नका लागि ठाउँ सम्याउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो ।
नेपाल प्रहरी २५ र सशस्त्र प्रहरी ४० सहित एक वटा ब्याकहो लोडर जबरजस्ती लैजान खोजेपछि स्थानीय प्रतिरोधमा उत्रिएका थिए ।
बनेपा–९ मा प्रहरी र स्थानीयबीच भएको झडपमा स्थानीय ५ र ३ जना प्रहरी सहित ८ जना घाइते भएका छन् । झडपमा प्रहरीले ९ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । झडपमा घाइतेको टाउकोमा चोट लागेको बनेपा नगरपालिकाका प्रमुख मेयर लक्ष्मी नरसिंह बादेले जानकारी दिए।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६