काठमाडाैं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले मेरिलोबन क्रिकेट क्लब (एमसीसी) लाई ५ विकेटले पराजित गरेकाे छ । नेपाल भ्रमणमा आएको एमसीसीसँग आज त्रिवि क्रिकेट मैदानमा भएको एकदिवसीय खेलमा नेपालले सहज जित हात पारेको हो ।
एमसीसीले दिएको २०२ रनको लक्ष्य नेपालले ३८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एमसीसीविरुद्ध खराब सुरुवात गरेको नेपालको पारीलाई शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारीले जोगाएका हुन् ।
नेपालका लागि विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले अविजित ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै पवन शर्राफ ३५ रनमा अविजित रहे ।
टस जितेर ब्याटिङ् रोजेको एमसीसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर २०१ रन जोडेको थियो । एमसीसीका लागि विली रोड्सले सर्वाधिक ५४ रनको पारी खेल्दा विली गोडलमेनले ५२ रन बनाए ।
एमसीसीका ब्याट्सम्यानहरुलाई पेवेलियन फर्काउन नेपालका लागि ललित राजवंशी र पवन सर्राफ नायक सावित भए । दुवैले ४–४ विकेट लिए । त्यस्तै अविनाश बोहरा र करण केसीले १–१ विकेट लिएका थिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६