काठमाडौं । संसद् सचिवालयकी कर्मचारी राेशनी शाहीमाथि याैन दुर्व्यवहार गरेकाे अभियाेग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दाकाे विषयमा अदालतमा जारी थुनछेक बहस सकिएको छ ।
महराका तर्कबाट आज वरिष्ठ अधिवक्ताहरु कृष्ण सापकोटा, रमणकुमार श्रेष्ठ, सविता भण्डारीले बहस गरेका थिए । आइतबार सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता चन्द्रकान्त खनालसहित ४ जनाले बहस गरेका थिए ।
महराको पक्षमा करिब ३० जना वकिलले वकालतनामा पेस गरेकामा आइतबार र सोमबार ६ वकिलले बहस गरे। महराको पक्षका ६ जना वकिलले बहस गरिसकेपछि सरकारी वकिलले पनि प्रत्युत्तर दिइसकेका छन् ।
बहस सकिएसँगै केही बेरमा अदालतको आदेश आउँदै छ । त्यसपछि महरा रिहा हुने वा जेल चलान हुने टुंगाे लाग्ने छ ।
सोमबारको थुनछेक बहसमा महराविरुद्ध किटानी जाहेरी दिने रोहनी शाही समेत अदालतमा उपस्थित भएकी थिइन् । इजलासमा रोशनी शाहीले बोल्ने अनुमति मागे पनि न्यायाधीशले शाहीलाई बोल्न दिएनन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६