राैतहट । निलम्बित सांसद मोहम्मद अफताब आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ । आलमविरुद्ध विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसूरमा कारबाही गर्न माग गर्दै अभियोगपत्र दायर गरेको हो ।
सरकारी वकिल खणिन्द्रराज कटुवालले रौतहट जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेका हुन् । आलममाथि जन्मकैदको मागसहित अभियोगपत्रकाे फाइल जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो ।
सरकारी वकिल कार्यालयले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहसमेत विरुद्ध अभियोगपत्र दायर गरेको छ ।
यसअघि प्रहरीले जिल्ला अदालतबाट तीन पटक म्याद थपेर आलममाथि अनुसन्धान गरेको थियो । आलमलाई रौतहट प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६