काठमाडाैं । नेपाल प्रहरीले ३ किलो १२ ग्राम चरेससहित १ जनालाई नागढुङ्गाबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ९६७३ नम्बरको यात्रुवाहक बस चेकजाँचका क्रममा मकवानपुर थाहा नगरपालिका–७ का ५३ वर्षीय लक्ष्मण सिञ्जालीमगरलाई आइतबार राति पक्राउ गरेको हो ।
प्रभागका प्रमुख, प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले कालो झोलामा चरेस लुकाएर काठमाडौँ ल्याउँदै गरेको अवस्थामा मगरलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको खड्काले जनाए ।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६