काठमाडौं । संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराकाे मु्द्दाको थुनछेक बहस स्थगित भएको छ ।
जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस गर्दागर्दै कार्यालय समय सकिएपछि थप बहस सोमवार गर्ने गरी इजलास स्थगित भएको हो । सोमबार पुनः बहस भएपछि अदालतले आदेश सुनाउने जनाइएको छ ।
आइतबार सरकारी वकीलका तर्फबाट बहस सकिएको छ भने पूर्वसभामुख महराको तर्फबाट लव मैनाली र भोजप्रसाद आचार्यले बहस गरे । जिल्ला अदालतको १ नम्बर इजलासमा बन्द इजलास गठन गरी बहस भएको थियो।
महराको पक्षमा बहस गर्न करिब २० जना वकिलहरुले वकालतनामा पेश गरेका छन् । जिल्ला अदालत काठमाडौँ स्रोतबाट प्राप्त जानकारी अनुसार महराको पक्षमा बहस गर्न पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठको नेतृत्वमा करिब २० जना अधिवक्ताहरुले रुची देखाएका हुन् ।
बहस नसकिएपछि अदालतले महरालाई हिरासतमै पठाएको छ । अब भाेलि साेमबार थुनछेक बहस सकिएपछि मात्रै महराकाे विषयमा अदालतले थुनामा पठाउाे वा रिहा गर्ने आदेश सुनाउने छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६