काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे मिर्गाैलाकाे डायलासिस निर्धरित समयमा नहुने भएकाे छ । मिर्गाैलाकाे खराबीका कारण अस्वस्थ रहेका ओलीलाई यसअघि ग्रान्डी अस्पतालमा भर्ना गरेर २ पटक डायलासिस गरिएकाे थियाे । आज तेस्राे डायलासिस गर्ने बताइएकाे छ ।
यसैबीच प्रधानमन्त्री ओली आइतबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर स्वास्थ्य जाँच गराएर फर्किएका छन् । छातीको एक्स–रे गराएर निवास फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।
मिर्गाैलाकाे खराबीका कारण फाेक्साेमा पानी जमेपछि उनी त्यसकाे परामर्शका लागि टिचिङ पुगेका थिए । तर त्यहाँ जाँच गराउँदा अहिले फाेक्साेकाे पानी निकाल्नुपर्ने अवस्था नरहेकाे चिकित्सकले सुझाव दिएकाे बताइएकाे छ ।
प्रधानमन्त्री अस्पतालबाट फर्किएपछि अहिले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । आइतबार निर्धरित समयमा डाइलासिस नभएपछि मन्त्रिपरिषदको बैठक बसेको हो । आइतबार बिहान प्रधानमन्त्री ओलीको तेस्रो डाइलासिस गर्नुपर्ने भएकाले मन्त्रिपरिषदको बैठक साँझ मात्रै बस्ने जानकारी दिइएको थियो।
बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा पनि ब्रिफिङ गराउने छन् । मन्त्रिपरिषद् बैठकपछि नेकपाको सचिवालय बैठक बस्ने बताइएकाे छ । सचिवालय बैठकले उपनिर्वाचनका लागि नेकपाको तर्फबाट उम्मेदवारहरुको टुंगो लगाउने छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६