काठमाडाैं । संसद सचिवालयकी कर्मचारीलाई याैन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा आज घर फर्कन पाउने कि जेल जाने भन्ने आमचासाेकाे विषय बनेकाे छ ।
आफू सभामुख रहँदा आफ्नै सचिवालयकी कर्मृचारी राेशनी शाहीमाथि याैन दुर्व्यवहार गरेकाे अभियाेगमा प्रहरी हिरासतमा रहेका महराकाे विषयमा सम्भवतः आज अदालतले आदेश गर्ने भएपछि उनी घर जाने कि जेल भन्ने चासाे बढेकाे हाे ।
यसैबीच महराको मुद्दामा अदालतमा थुनछेक बहस सुरु भएकाे छ । काठमाडौँ जिल्ला अदालतमा बिहान ११ बजे थुनछेक बहस सुरु भएको हो । गत शुक्रबार न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासले उनीसँग बयान लिएको थियो ।
महराको पक्षमा बहस गर्न करिब २० जना वकिलले वकालतनामा पेस गरेका छन् । समाचार स्राेतका अनुसार महराको पक्षमा बहस गर्न पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठलगायत करिब २० जना अधिवक्ताले वकालतनामा दिएका हुन् ।
आजको बहसपछि उनलाई थुनामा राख्ने कि रिहा गर्ने भन्ने विषयमा अदालतले आदेश गर्ने छ । साधारण तारेख वा धरौटीमा रिहा गर्ने आदेश भए उनी घर फर्कन पाउने छन् भने थुनामा राखेर मुद्दाकाे पुर्पक्ष गर्ने आदेश भए उनी जेल चलान हुने छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६